ट्रेड युनियन महासंघ दाङको अध्यक्षमा सञ्जय वलि

काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ दाङको तेस्रो जिल्ला भेलाले सन्जय वलिको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा दिनेश नेपाली, सचिवमा अभ्यास, सह–सचिवमा प्रेम परियार र कोषाध्यक्षमा राम बहादुर विक रहेका छन ।
‘दलाल संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवाद स्थापनाको लागि हाम्रो आन्दोलन ! श्रमिकहरुको पुर्ण समानताको लागि तेस्रो दाङ जिल्ला भेला !! भेला भन्न नारासहित उक्त भेला सम्पन्न भएको हो ।
सो कार्यक्रममा नेकपा राप्ती ब्युरो सदस्य सबिन पोख्रेलले मजदुर आन्दोलनको चरित्र बदलिएको साथै मजदुर र मालिक बिचको अन्र्तविरोध पनि बदलिएको बताए । उनले मजदुरलाइ २४ घण्टा काममा व्यस्त बनाइदिने र आफुहरुमाथिको दमन,उत्पीडनका विरुद्ध विद्रोह गर्नबाट रोक्ने पुंजीवादको नयाँ चरित्र भएको ठहर गरे । पोख्रेलले पुंजीवादले मानविय श्रमशक्तिलाइ न्यूनीकरण प्रबिधिको व्यापक प्रयोग गर्दै संसारका बहुसंख्यक मान्छेलाई बेरोजगार बनाइरहेको बताए । उनले आफ्नो पार्टी र नेपाल सरकारबीच भएको वार्ताको प्रसंग जोड्दै घोर प्रतिक्रियावादी तत्वले ३ बँुदे सहमतिलाई सेबोटेज गर्न चाहेको जिकिर गरे । उनले भने, ‘वार्तालाई सबै शक्तिले अनुमोदन गरे तर केही प्रतिक्रियावादी तत्वहरु आत्तिए।’ कार्यक्रममा शुभकामना मन्तव्य राख्दै विषेष अतिथि नेकपा दाङ जिल्ला इन्चार्ज प्रदिप वलिले दलाल व्यवस्थाका विरुद्ध मजदुरहरु संगठित भइ एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्न अपिल गरे । शुभकामना मन्तव्य राख्दै नेकपा दाङ जिल्ला सेक्रेटरी गणेश चौधरीले समाजवादी राज्यव्यवस्थामा गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य, रोजगार राज्यले ग्यारेन्टी गर्ने बताए । कार्यक्रममा मन्तव्य राख्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ राप्ती ब्युरो संयोजक डिल्ली वलिले मजदुरमाथी राज्यले गरेको दमन, उत्पीडन र थिचोमिचोका विरुद्ध संगठनले कडा संघर्ष गर्ने उद्घोष गरे । शुभकामना मन्तव्य नेकपा नारायणी ब्युुरो सदस्य विकाश वलिले दाङमा मजदुरहरुका हक अधिकार स्थापित गर्न भेलाले जुझारु समिती निर्माण गर्ने आशा वयक्र गरे । कार्यक्रममा दाङ जिल्ला सदस्य जनक, महान, मगर मुक्ती मोर्चा दाङ संयोजक सिबेन्द्र, जनपत्रकार संगठन नेपाल दाङका संयोजक हेमन्त प्रकाश वलि, अखिल नेपाल शिक्षक संगठन दाङका अध्यक्ष डिल्ली डिसि, अखिल(क्रन्तिकारी) दाङ अध्यक्ष अमर खड्का, युवा संगठन घोराही नगर अध्यक्ष पदम, दलित मुक्ती मोर्चा दाङ जिल्ला सह–सचिव पंचराम नेपालीको आतिथ्य रहेको थियो । क.अभ्यासको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ दाङ जिल्ला संयोजक सन्जय वलिले गरेका थिए भने सञ्चालन दिनेश नेपालिले गरेका थिए ।