बघौँडा अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

२०७८ जेष्ठ ९ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज सन्देश पौडेल, सामाजिक अभियान्ता तारा पौडेल र एन्ड्र पौडेलबाट चितवनको माडीमा अवस्थित बघौँडा अस्पताललाई अक्सिजनसहित स्वास्थ्य सामग्रीहरू सहयोगस्वरुप हस्तान्तरण गरिएको छ ।
अस्पताललाई उपलब्ध गराइएका स्वास्थ्य सामग्रीहरूमा अक्सिजन कन्सन्ट्रेटर २ थान, अक्सिजन सिलिन्डर ५ थान, पीपीई ५० थान, गम बुट २५ जोर, अक्सिमिटर २ थान, मेडिकल गलक्स २०० जोर, थर्मामिटर गन २ थान, एन ९५ मास्क ५० थान, सेनिटाइजरलगायत स्वास्थ्य सामग्री रहेका छन् ।
सामग्री ग्रहण गर्दै अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जु सिंहले उपलब्ध सामग्रीहरूले कोरोना रोकथाम तथा नियन्त्रणमा थप टेवा पुग्ने जनाउँदै सहयोगीहरूलाई धन्यवाद दिइन् ।स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य पौडेलले कोरोनाविरुद्धको लडाइँ साझा विषय भएकाले यसको नियन्त्रण र रोकथाममा सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु