कोरोना सङ्क्रमितको उपचारखर्च सरकारलाई व्यहोर्न माग

२०७८ जेष्ठ ११ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी रसुवाले कोरोना सङ्क्रमितको सम्पूर्ण उपचारखर्च सरकारले बेहोर्नुपर्ने माग गर्दै कोरोना महामारीको बेला सरकार जनताप्रतिको स्वास्थ्य उत्तरदायित्वबाट पन्छिएर सत्ता टिकाउने खेलमा लागेको बताएको छ । सो पार्टीका रसुवा इन्चार्ज ध्रुव र सेक्रेटरी विराजले प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला अस्पतालमा तत्काल अक्सिजन प्लान्ट निर्माण गर्न माग गरेका छन् । यस्तै विज्ञप्तिमा कोरोना उपचारमा खटिने स्वास्थ्यकर्मी, कर्मचारी र सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्ने र कर्तव्य पालनाको सिलसिलामा कसैको ज्यान गएमा निजका परिवारको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्ने उल्लेख छ ।
सम्पूर्ण नागरिकको उपचार प्रभावकारी र सुलभ बनाउन पनि विज्ञप्तिमा माग गरिएको छ । यस्तै कोरोनाका बिरामीका लागि भाडा निःशुल्क गर्न, पीसीआर जाँच निःशुल्क गर्न, यसलाई सहज बनाउन जाँच गर्ने घुम्ती टोलीको व्यवस्था गर्न र आपूर्ति व्यवस्थापनलाई सहज गर्नुका साथै कालोबजारी नियन्त्रण गर्न पनि विज्ञप्तिमार्फत माग गरिएको छ

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु