नेवानिको जहाज खोप लिन चीन जाँदै
काठमाडौँ । चीन सरकारले उपलब्ध गराउने खोप लिन नेपाल वायुसेवा निगमको जहाज आज त्यसतर्फ जाने भएको छ। नागरिक उड्डय प्राधिकरणकका प्रवक्ता राजकुमा क्षेत्रीले आज राति ११ बजे जहाज चीनतर्फ उडान भर्ने बताए । आज गएर भोलि २ बजे नेपाल आइपुग्ने उनले जानकारी दिए। गत २६ मेमा राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिनफिङबीच भएको टेलिफोन वार्तामा चीनका राष्ट्रपति सीले नेपाललाई सहयोगस्वरूप १० लाख खोप उपलब्ध गराउने घोषणा गरेका थिए। चिनियाँ राष्ट्रपतिको सो घोषणा लगत्तै ८ लाख डोज खोप नेपाल आउन लागेको हो। मंगलबार रातिसम्म चिनियाँ खोप नेपाल आइपुग्ने छ।