अमेरिकाद्वारा नेपाललाई कोभ्याक्स खोप दिने घोषणा

२०७८ जेष्ठ २१ गते, शुक्रबार


काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार अमेरिकाले नेपाललाई कोभिड १९ विरुद्धको कोभ्याक्स खोप उपलब्ध गराउने भएको छ । दूतावासका अनुसार अमेरिकी राष्ट्रपती जो बाइडेनले संसारभर अमेरिकाले दिने कोभीड–१९ भ्याक्सीन सहयोगको घोषणा गर्ने क्रममा नेपाल लगायत एसियाका विभिन्न देशहरूका लागि झन्डै ७० लाख डोज कोभीड्–१९ भ्याक्सीन दिन लागिएको हो ।
नेपालले कति डोज खोप पाउने भन्नेबारे खुलाइएको छैन । अमेरिकाले नेपालसहित एसियाका विभिन्न १६ मुलुकलाई करिब ७० लाख डोज खोप दिने निर्णय गरेको छ ।
एशियाका विभिन्न १६ मुलुकलाई भ्याक्सीन उपलब्ध गराउने घोषणा गर्दै बाइडेनले सवै मिलेर भाइरसलाई पराजित गर्न सफल हुने विश्वास व्यक्त गरेको दूतावासले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु