सुनको मूल्य घट्यो

२०७८ जेष्ठ २१ गते, शुक्रबार


काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घटेको जनाएको छ । बिहीबार तोलामा ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ९३ हजार ४ सय रुपैयाँ पुगेको हो । अन्तर्राष्ट्रिय बजारमा आएको उतार चढाबका कारण सुनको मूल्य ओरालो लागेको महासंघले जनाएको छ । शुक्रबारका लागि तेजावी सुनको मूल्य ९२ हवार ९ सय रुपैयाँ खरिद बिक्री मूल्य तोकिएको छ । बिहीबार उक्त सुनको प्रतातोला कारोबार मूल्य ९४ हजार चार सय रुपैयाा थियो । यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर १३ यस ४० रुपैयाँ प्रतितोला कारोबार मूल्य तोकिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु