एसइई परीक्षा शुल्क फिर्ता गर्न माग

२०७८ असार १ गते, मंगलवार

काठमाडौं । नेपाल अभिभावक महासंघले एसइई परीक्षाका लागि लिएको शुल्क फिर्ता हुनुपर्ने माग गरेको छ । महासंघले आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित हुने भएपछि शुल्क फिर्ता गर्नुपर्ने माग उठाएको हो ।महासंघका अध्यक्ष शुप्रभात भण्डारीले शुल्क फिर्ता गर्नुपर्ने माग गर्दै भने, ‘जुन प्रयोजनका लागि शुल्क लिइएको हो, त्यसमा प्रयोग नभएपछि नैतिक रुपमा शुल्क फिर्ता हुनुपर्ने स्वाभाविक हो। हामीले यही माग सरकारसँग गरिरहेका छौँ।’ उनले त्यही शुल्कबाट विभिन्न डिभाइस खरिद गर्न सकिने पनि बताए। भण्डारीले भने‚ ‘सरकारले त्यो शुल्कबाट बैकल्पिक शिक्षाका लागि डिभाइस किन्न पनि सक्छ, हामीले यही सुझाव दिएका छौं।’
यता राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले विद्यार्थीको शुल्क राजस्व जम्मा भैसकेकाले यस विषयमा बोर्डले केही गर्न नसक्ने बताउँछन्। शुल्कको विषयमा मन्त्रिपरिषद बैठकले नै निर्णय लिन सक्ने उनको भनाइ छ। बोर्डका अनुसार २०७७ काे एसइईमा सहभागी हुने परीक्षार्थी ५ लाख १७ हजारजना छन्। प्रतिविद्यार्थी ५०० रुपैयाँको दरले उठेको झण्डै २६ करोड रुपैयाँ शुल्क राजस्वमा जम्मा भएको छ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)का केन्द्रीय अध्यक्ष टीकाराम पुरीले शुल्क फिर्ता नभई विद्यार्थीको हकहित विकासका लागि खर्च गर्नुपर्ने सुझाव दिन्छन्। ‘शुल्क फिर्ता लिनु हुँदैन। पहिलाको फन्डमा पनि पैसा होला,’ उनले भने, ‘बरु पारदर्शी ढंगले सबै पैसाको हिसाब सार्वजनिक गरी विद्यार्थीको हक हितका लागि गरिने क्रियाकलापमा खर्च गर्नुपर्छ।’

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त !

२०८२ असार २० गते, शुक्रबार

नेप्से ९.१४ अंकले बढ्यो

२०८२ असार १९ गते, बिहीबार