बुटवल–बर्दघाट सडक अवरूद्ध

२०७८ असार १६ गते, बुधबार

काठमाडौं । पूर्वपश्चिम राजमार्गको बुटवल–बर्दघाट सडकखण्ड अवरूद्ध भएको छ । गएराति अविरल वर्षापछि आएको बाढीले डाइभर्सन बगाएपछि सो सडकखण्ड अवरूद्ध भएको हो । बाढीले नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १३ बडेरास्थित डाइभर्सन बगाएको छ ।
कल्भर्ट निर्माणका लागि बनाइएको डाइभर्सन नै बगाएपछि बुधबार बिहान साढे ४ बजेदेखि नै बुटवल–बर्दघाट सडकखण्ड अवरूद्ध रहेको प्रहरीले जानकारी दिएको छ । अहिले पनि पानी परिरहेकोले डाइभर्सन मर्मत गरी सडक सुचारू गर्न समय लाग्ने प्रहरीको भनाइ छ ।

यता , अविरल बर्षापछि पहिरो जाँदा पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्देस्थित थर्पुमा राजमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण लेदो माटो झर्दा म्याग्दे–४ मा बिहानैदेखि राजमार्ग अवरुद्ध भएको हो । लेदो माटोका कारण १२ चक्के ठूलो गाडी फसेपछि राजमार्ग अवरुद्ध भएको थर्पुका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बानियाँले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु