पेट्रोलियम पदार्थको मूल्यबृद्धिबिरुद्ध संघर्षमा उत्रन आह्वान

२०७८ असार २३ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट जनबर्गिय संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धिको विरोध र सुजिता भण्डारीको हत्याको छानविन गरी दोषी पत्ता लगाई कारवाहीको माग गर्दै भोली (असार २४ गते) देशव्यापी विरोध तथा प्रदर्शनमा उत्रन आाम जनसमुदायमा अपिल गरेको छ । यस बिषयमा उनीहरुले जारी गरेको संयुक्त बिज्ञप्ती यस प्रकार रहेको छ – “नेपाल आयल निगमले ‘इन्चनको अन्तराष्ट्रिय मूल्य समायोजन’को नाममा पुनः पेट्रीलियन पदार्थ, डिजल, पेट्रोल , मट्टीतेल , ग्याँसमा मूल्यवृद्धि गरेको प्रति हाम्रो गम्मर ध्यानाकर्षण भएको छ । कोभिड-१९ को महामारी, देशव्यापी बाढी, पहिरो, डुवान आदिको समास्याले जनता आक्रान्त भएका छन्‌ । लाखौ युवाहरूले रोजगारी गुमाएका छन्‌ । गरिव, किसान, मजदुर, विद्यार्थी, महिला, सुकुम्वासी, दलित लगायत आम जनताको जीवन दिनप्रतिदिन समस्याग्रस्त बनिरहेको छ । जनताको दिन-दैनिकी दयनीय र कष्टकर बनिरहेको छ । राज्यसत्ता जनताको यी तमाम विषयमा नजरबन्दाज गरिरहेको छ । आर्थिक रूपमा दिलप्रतिदित नेहाल बन्दै गएका जनतालाई मूल्यवृद्धि, मह, कालाबजारीले झन्‌ ठूलो चपेटामा पारेको छ । जनताको दुःख, कष्ट र पिडामा साथ दिनुपर्ने सरकार र उसका निकायहरू जनतालाई नै विभिन्त प्रकारको शोषण थोपरिरहेका छन्‌ । पेट्रोलियम पदार्थमा निरन्तर गरिएको मूल्यवृद्धि जनतामाथि शासकले वैधानिक रूपमा लादिएको अत्याचारको प्रत्यक दृष्टान्त हो । सरकार र आयल निगमले गरेको यस्तो कार्यको हामी घोर निन्दा एवं भर्त्सना गर्दछौ । साथै चौतर्फी रूपमा महह्गी र कालाबजारीलाई प्रोत्साहन गर्ने गरी भ्रष्ट आयल निगमको मूल्य वृद्धिको यो निर्णय तत्काल फिर्ता लिन हामी जोडदार माग गर्दछौ ।


यसैगरी चितवन जिल्लाको राप्ती नगरपालिका वडा नं. ३ वस्ने २३ वर्षिया सुजिता भण्डारीको रहस्यमय तरिकाले भएको मुत्युको घटनाप्रति हाम्रो गम्मिर ध्यानाकर्षण भएको छ । उक्त मृत्युको घटनाले विभिन्न आशाङ्शाहरू वैवा भएको छ । सुजिता आफैले आफू कसैको नियन्त्रण र अपहरणमा परेको सूचना दिँदा समेत खोज अनुसन्धानमा कनै परिणाम नआउनु, हराएको नबौ दिनसम्म पनि खोजि कार्य प्रभावकारी ढङ्गले अगाडि नबढाउनु, निस्यक्ष छानविनको माग गर्ने चितवनका जनतामाथि प्रहरी दमन गर्ने कार्य आदिले उनको मृत्युलाई थप रहस्यमय बनाएको छ । हामी सुजिता भण्डारी प्रकरण निस्यक्ष र गम्भिर अनुसन्धान गर्न सरकारसँग जोडदार माग गर्दछौ साथै महिलाहरू माथि भइरहेको निरन्तरता हत्या, हिंसा लगायतका बिमेदपूर्ण कार्यहरु रोब्न तत्काल प्रभावकारी ‘कदम चाल्न सरकारसँग जोडदार माग समेत गर्दछौं ।

यसर्थ पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धिको विरोध र सुजिता भण्डारीको हत्याको छानविन गरी दोषी पत्ता लगाई कारवाहीको माग गर्दै भोली २०७८ असार २४ गते देशव्यापी विरोध तथा प्रदर्शनमा उत्रन सम्पूर्ण न्यायप्रेमी युवा, विधार्थी, महिला, किसान, सुकुम्वासी, पत्रकार, संस्कृतिकर्मी, स्वास्थ्यकर्मी, दशित, खेलप्रेमी, वृद्धिजीवीलगायत आाम जनसमुदायमा विशोष अपिल गर्दछौ ।”

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु