कामना सेवा विकास बैंक ऋणपत्र जारी गर्दै

२०७८ असार २९ गते, मंगलवार


काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले ‘९५ केएसबिबिएल डिबेन्चेर २०८८’ नामक ऋणपत्र जारी गर्ने तयारी गरेको छ। सो बैंकले एक अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने र ऋणपत्र निष्कासनका लागि कामना सेवा विकास बैंक र एनआइबिएल एस क्यापिटलबीच सम्झौता भइसकेको जनाएको छ।
सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र एनआइबिएल एस क्यापिटलका तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन्। बैंकले १ हजार अंकित दरका कुल १० लाख एकाइको ‘९५ केएसबिबिएल डिबेन्चेर २०८८’ नामक ऋणपत्र जारी गर्नेछ। निष्कासन गर्न लागेको ऋणपत्र बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु