सवारीको भाडा २० देखि २८ प्रतिशतले वृद्धि

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडा वृद्धि गरेको छ । विभागले मंगलबार गरेको निर्णय अनुसार यात्रुवाहक र मालवाहक सवारीको २० देखि २६ प्रतिशतसम्मले भाडा वृद्धि गरिएको हो । जसअन्तर्गत यात्रुवाहक सवारीमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २० प्रशित र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २६ प्रशितले भाडा वृद्धि गरिएको यातायात व्यवस्था विभागका निर्देशक डा. लोकनाथ भुसालद्वारा जारी सुचनामा उल्लेख गरिएको छ । इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकहरुको अंश ६५ प्रतिशत मानी भाडादर निर्धारण भएको विभागले जनाएको छ ।