उखु किसानलाई भुक्तानी नगरे कडा संघर्ष !

काठमाडौँ । ६ किसान संगठनले समुक्त बिज्ञप्ति जारी गर्दै उखु किसानको बक्यौता तत्काल भुक्तानी नगरे कडा संघर्ष गर्ने बताएका छन। ति संगठनले लामो समयदेखि चिनी मिलहरूले उखु किसानको रकम भुक्तानी नगरेकोमा आपत्ति जनाउदै एकमुष्ट रकम प्रदान गर्न मागसमेत गरेका छन् । संगठनले आइतबार संयुक्त वक्तव्य निकाल्दै किसानहरूले चिनी मिल र अन्य व्यापारीहरूलाई बेचेको उखुको भुक्तानी बापत प्राप्त गर्नुपर्ने सम्पूर्ण रकम (ब्याज तथा हर्जाना समेत) एकमुष्ट रुपमा प्रदान गर्न माग गरेका हुन् ।यसका साथै उनीहरुले सरकारको तर्फबाट प्रदान गरिनुपर्ने तोकिएको अनुदान रकम अबिलम्ब भुक्तानी गर्न÷गराउन माग गरेका छन् । किसानहरूको रकम तत्काल भुक्तानी नगरिएमा कडा संघर्षमा उत्रने पनि संगठनले चेतावनी दिएको छ ।
