नेकपा दार्चुलाद्वारा बाढी पिडितलाई आर्थिक सहयोग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दार्चुलाले बाढी पिडितलाई आर्थिक सहयोग गरेको छ । सो पार्टीले दार्चुला महाकाली नगरपालिका १ र दुहु गाउपालिका ३ को सिमानास्थित निज्याङ खोलामा बाढी आएर ११ घर धुरी , गाईबस्तु र ठूलो धनक्षती भएकोमा दुख व्यक्त गर्दै यस दुखको घडीमा पिडितहरुको साथमा रहने प्रतिबद्धतासहित रु १२००० आर्थिक सहयोग गरेको छ भने क्षतिपुर्तिका लागि सबै ठाउँमा पहल गरिएकोसमेत जानकारी दिएको छ ।