गायक अमात्यको जग्गाको नक्कली लालपूर्जा बनाएर बनाएर १९ करोड ऋण !

२०७८ कार्तिक २४ गते, बुधबार

काठमाडौं । चर्चित गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपूर्जा बनाएर १९ करोड रुपैयाँ ऋण लिएको खुलेको रहस्य खुलेको छ । अमात्याको जग्गाको नक्कली लालपूर्जाको आधारमा ऋण दिएको आरोपमा कुमारी बैंकको बारा शाखाका २ कर्मचारीसहित ५ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।
बाराको कुमारी बैंकका ऋण अधिकृत सोनु ठाकुर, मूल्याङ्कनकर्ता राजेश चौरसिया, नक्कली लालपूर्जा बनाएर पेस गर्ने काठमाडौंका एसके महर्जन, मुक्तिलाल गौतम र अर्का बिचौलिया कुसुम प्रधानलाई नियन्त्रणमा लिएको सीआईबी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) धीरजप्रताप सिंहले जानकारी दिए । उनीहरुले अमात्यको बारामा रहेको १२ बिगाहा जग्गाको नक्कली लालपूर्जा बनाएर कर्जाका लागि कागजाता पेस गरेको खुलेको हो । कुमारी बैंकका ऋण अधिकृत र मूल्याङ्कनकर्ताले सोही नक्कली लालपूर्जाकै आधारमा १९ करोड ऋण दिएका हुन् । पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको सीआईबीले जानकारी दिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु