मुद्दतीको ब्याजदर १०.०५ प्रतिशत कायम

२०७८ मंसिर १ गते, बुधबार


काठमाडौ । राष्ट्र बैंकको हस्तक्षेपपछि वाणिज्य बैंकहरुको मुद्दती निक्षेपको अधिकतम ब्याजदरमा विकास बैंक र फाइनान्स कम्पनीहरुले सहमति गरेका छन् । विकास बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १० दशमलब ०५ प्रतिशत ब्याजदर कायम गरेका छन भने फाइनान्स कम्पनीहरुले पनि व्यक्तिगत निक्षेपमा अधिकतम १० दशमलब ३५ प्रतिशत ब्याजदर तोकेका छन् ।
मंसिर महिनाका लागि विकास बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १० दशमलब ०५ प्रतिशत ब्याजदर प्रकाशित गरेका छन् । राष्ट्र बैंकको निर्देशन अनुसार १० प्रतिशत विन्दुले ब्याजदर बढाउँदा अघिकतम १० दशमलब ४५ प्रतिशत हुन आउँथ्यो । तर, विकास बैंकहरुले आपसमा सहमति गरेर अधिकतम १० दशमलब ०५ प्रतिशत ब्याजदर कायम गरेको नेपाल बैंकर्स संघले जनाएको छ ।
फाइनान्स कम्पनीहरुले पनि मंसिर महिनामा व्यक्तिगत निक्षेपमा अधिकतम १० दशमलब ३५ प्रतिशत ब्याजदर तोकेका छन् । । आपसी सहमतिका आधारमा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १० दशमलब ३५ प्रतिशत मात्र ब्याजदर तोकिएको छ । राष्ट्रियस्तरका वाणिज्य बैंकले मुद्धती निक्षेपको ब्याजदर अधिकतम १० दशमलव २५ प्रतिशतसम्म र साधारण बचत न्युनतम ब्याज ५ दशमलब २५ प्रतिशतसम्म कायम गर्ने सहमती भएको नेपाल बैंकर्स संघले जनाएको छ । त्यस्तै क्षेत्रिय स्तरका विकास बैंकहरुले मुद्धती निक्षेपको अधिकतम ब्याजदर १० दशमलब ३० प्रतिशत र साधारण बचतको न्युनतम ब्याज ५ दशमलब ३० प्रतिशत कायम गर्ने सहमति भएको छ ।
राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तिय संस्थाहरुलाई अघिल्लो महिनामा रहेको सोहि वर्गका बैंकहरुलाई औसत ब्याजदरमा १० प्रतिशतसम्म मात्र बढाउन सक्ने गरि निर्देशन दिएको थियो । राष्ट्र बैंकले बजारमा ब्याजदरमा देखिएको अस्वस्त प्रतिस्पर्धा नियन्त्रण गर्न नियमन बढाइएको दावी गरेको छ । वाणिज्य बैंकमा मेगा, राष्ट्रिय वाणिज्य र स्टान्डर्ड चार्टर्डले भने व्यक्तिगत मुद्दतीमा १० प्रतिशतभन्दा कम ब्याजदर कायम गरेका छन् । व्यक्तिगत मुद्दतीमा राष्ट्रिय वाणिज्यको अधिकतम ९ दशमलब ११, मेगाको ९ दशमलब ९६ र स्टान्डर्डको ९ दशमलब ५० प्रतिशत कायम भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु