सुमार्गीको नाममा रहेको हेलो नेपालको अनुमति खारेज

काठमाडौ । नेपाल दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको बैठकले ब्यबसायी अजेय सुमार्गीको नाममा रहेको नेपाल स्याटेलाइट टेलिकम प्रालि हेलो नेपालको अनुमति पत्र खारेज गरेको छ । बैठकले बक्यौता रकम भुक्तानी नगरेको भन्दै हेलो नेपाललाई दिइएको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको हो। हेलो नेपाल यसअघि पनि खारेजीमा परेको थियो । तर बक्यौता तिर्ने प्रतिबद्धता जनाएपछि गत वर्ष खारेजीको प्रक्रिया रोकिएको थियो । असार मसान्तसम्म तोकिएको बक्यौता रकम भुक्तानी नगरेपछि गत कात्तिक ५ गते बसेको बोर्ड बैठकले हेलो नेपालसँग भुक्तानीको विषयमा जानकारी माग गर्ने निर्णय गरेको थियो। बोर्डको निर्णयानुसार प्राधिकरणले १५ दिनभित्र जवाफ दिने गरी कात्तिक १२ गते कम्पनीसँग स्पष्टीकरण सोधेको थियो। कात्तिक २२ गते हेलो नेपालले जवाफ पठाउँदै मन्त्रिपरिषदबाट निर्धारित किस्ता रकम तिर्न थप समय माग गरेको भन्दै प्राधिकरणले पुनः अनुमतिपत्र खारेजीको निर्णय गर्न नसक्ने स्पष्टीकरण पेश गरेको हो ।
म्पनीले चित्तबुझ्दो जवाफ नपठाएपछि २०७६ को पुसमा मन्त्रिपरिषदले गरेको निर्णयलाई आधार बनाएर शुक्रबारदेखि नै लागु हुने गरी अनुमतिपत्र खारेजीको निर्णय गरिएको प्राधिकरण जनाएको छ ।