ग्लोबल आइएमईको वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग सम्बन्धी कार्यक्रम सम्पन्न

२०७८ मंसिर १५ गते, बुधबार


काठमाडौँ । ग्लोवल आइएमइ बैंक शाखा कार्यलय सुलिचौर रोल्पाले ग्राहकहरुसंगको एक दिने छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रिय कार्यक्रम अन्तर्गत ग्राहकहरुलाई डिजिटल कारोबार कसरी गर्ने, भई आएको समस्यालाई कसरी समाधान गर्ने, आगामी दिनमा थप कारोबार कसरी गर्न सकिन्छ भन्ने लगायतका बारेमा छलफल गरिएको थियो । कार्यक्रममा सम्पुर्ण वित्तीय क्षेत्रका ग्राहकहरुसंग विस्तृत कारोबार कसरी गर्न सकिन्छ, भोगी आएको समस्याहरु समाधान कसरी गर्ने,मोबाइल बैंकिङ सेवाले घरबाटै कारोबार गर्न सकिन्छ भन्ने लगायतका बारेमा सहजिकरण गरिएको थियो ।
बढ्दो डिजिटल बैंकिङ्ग सेवाको उच्चतम प्रयोग संगै सुरक्षित र प्रभावकारी कसरी बनाउने भन्ने बारेमा सचेतना जगाउनका लागि ग्लोबल आइएमई बैंक लिमिटेडल कार्यक्रम गरेको हो । ग्लोबल आइएमई बैंक लिमिटेडले वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग सम्बन्धी पहिलो कार्यक्रम सम्पन्न गरेको छ । ग्लोबल आइएमई बैंक लिमिटेड कर्पोरेट कार्यालय काठमाडौं, लुम्बिनी प्रदेश कार्यालय र शाखा कार्यालयको समन्वयमा कार्यक्रम भएको हो । कार्यक्रममा ग्लोवल आइएमइ बैंक केन्द्रिय कार्यलयका सागरवहादुर सिंह, रुपेश शर्मा, लुम्विनी प्रदेश कार्यलयका सागर बास्तोला,सुलिचौर बैंक शाखा कार्यलयका प्रमुख उदयकुमार शर्मा, रिलेशन सीप म्यानेजर आर्दशराज सुवेदीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सम्पुर्ण वित्तीय क्षेत्रका ग्राहकहरुसंग विस्तृत कारोबार कसरी गर्न सकिन्छ, भोगी आएको समस्याहरु समाधान कसरी गर्ने,मोबाइल बैंकिङ सेवाले घरबाटै कारोबार गर्न सकिन्छ भन्ने लगायतका बारेमा सहजिकरण गरिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु