नारायणहिटी परिसरमा बन्दै गरेकाे रेष्टुरेन्टकाे संरचना भत्काइयो

२०७८ पुष २३ गते, शुक्रबार

काठमाडौं । सरकारले नारायणहिटी संग्रहालय परिसररमा निर्माणाधीन रेष्टुरेन्टको विषयमा छानबिन गर्न समिति गठन गरे लगत्तै सो परिसरमा रेष्टुरेन्टकाे लागि निर्माण भएका संरचना भत्काइएको छ । कार्यकारी निर्देशक भेषनारायण दाहालको निर्देशनमा रेष्टुराँ परिसरको पर्खाल भत्काइएको हो । बतास समूहलाई १० रोपनी जग्गा भाडामा दिएको विषय विवादमा तानिएसँगै सरकारले हिजो छानबिन समिति बनाएको थियो । तर समितिले काम सुरु गर्नुअघि नै संग्रहालयका कार्यकारी निर्देशक दाहाल आफैं उपस्थित भएर पर्खाललगायतका संरचना भत्काइएको छ ।
आफूले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा रेष्टुराँ परिसरमा बनेको थप संरचना भत्काउन पत्राचार गरेको बताउँदै कार्यकारी निर्देशक दाहालले थप संरचना भत्काउन लगाउनु भएको हो । २०६६ सालमै नारायणहिटी परिसरमा बनेको रातो घरलाई २०७६ साल माघमा बतास समुहलाई कफीसप सञ्चालान गर्न अनुमति दिएको थियोे । नारायणहिटीको जग्गा अधिग्रहण गरी बतास समुहले जथाभावी संरचना निर्माण गरेपछि विवाद भएको हो ।
पर्यटनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा छानबिन समिति गठन गर्नुभएको थियो। नारायणहिटी दरबार संग्रहालयभित्र रेष्टुरेन्ट लगायतका व्यवसाय गर्न बतास समूहलाई दिने हालसम्मका निर्णय प्रक्रियाका बारेमा समितिले छानबिन गर्नेछ । संग्रहालयभित्र निर्माण गर्न लागिएको रेष्टुराँका बारेमा तीन दिनभित्र छानबिन गरी प्रतिवेदन पेश गर्न समितिलाई निर्देशन दिइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु