नक्कली मास्क बेच्ने पक्राउ

२०७८ माघ १३ गते, बिहीबार


काठमाडौं । महानगरीय प्रहरी परिसरले नक्कली मास्क बेचेको आरोपमा ललितपुर टिकाथली घर भई त्रिपुरेश्वरमा महालक्ष्मी इशान इन्टरप्राइजेज सञ्चालन गर्दै आएका ३४ वर्षीय बुद्धिबहादुर कार्की , भारत राजस्थान घर भई भोटेबहाल बस्ने २० वर्षीय यश अग्रवाल, भोटेबहालमै बस्‍ने २० वर्षीय श्रीयान्स लावटी र सभापोखरी गाउँपालका-१ घर भई सातदोबाटो बस्‍ने २३ वर्षीय मुक्तिप्रसाद पोखरेललाई पक्राउ गरेको छ। प्रहरीले महालक्ष्मी इशान इन्टरप्राइजेजबाट २१ कार्टुन (३०२४ थान मास्क) बरामद, ६५ बट्टा (११७० थान मास्क), वानसेट सप्लायर्सबाट ८ कार्टुन (१९२० थान मास्क) बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल पठाइएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु