‘ आगलागीबाट पीडितलाई उचित राहात र क्षतिपूर्ति देउ ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दाङले तुलसीपुरमा भीषण आगलागीबाट भएको मानवीय र भौतिक क्षतिप्रति दुख व्यक्त गर्दै पीडितलाई उचित राहात र क्षतिपूर्ति दिन माग गरेको छ। नेकपा दाङका सेक्रेटरी प्रदिपले वक्तव्य जारी गर्दै सो माग गरेका हुन् ।
सेक्रेटरी प्रदिपद्वारा हस्ताक्षरित विज्ञप्तिमा गएराती करिव २ बजेदेखि बिहानसम्म आगलागी हुँदा भएको मानवीय क्षतिप्रति पार्टी दुखित एवम गम्भीर ध्यानाकर्षण भएको बताइएको छ । साथै आगलागीबाट मृत्युवरण गर्नुभएका मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिएको छ ।
शोक वक्तव्यमा भनिएको छ,” आगलागी राती देखि सुरु भएर अर्को दिन बिहानसम्म पनि नियन्त्रणमा ल्याउन नसक्नु, दमकल लगाएत आगलागी नियन्त्रणका स्रोत साधनहरुको उपलब्धता नहुनु र मानवीय र भौतिक क्षतीसम्म व्यहोर्नुपर्ने उक्त घटना यो दलाल राज्यव्यवस्थाको उपज भएको स्पष्ट पार्न चाहन्छौ । साथै राज्य निकायबाट पीडितलाई उचित राहात र क्षतिपूर्ति दिन माग पनि गर्दछौं ।”