लगानी र निक्षेप संकलन झन् झन सुस्त !

२०७८ फाल्गुन १० गते, मंगलवार


काठमाडौं । नेपाल बैंकर्स संघले बैंकहरुको कर्जा लगानी र निक्षेप संकलन झन सुस्त हुँदै गएको र वाणिज्य बैंकहरु कर्जा लगानी गर्नै नसक्ने अवस्थामा पुगेको जनाएको छ । फागुन पहिलो सातामा बैंकहरुको कुल निक्षेप संकलन ४३ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ । गत माघ महिनाको मसान्तमा कुल ४३ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका बैंकहरुको निक्षेप फागुन पहिलो सातामा १ अर्ब मात्रै बढेको देखिएको हो । फागुनको पहिलो सातामा बैंकहरुको कर्जा लगानी ४ अर्ब रुपैयाँले मात्रै बढेको छ । माघ अन्तिम सातामा कुल ४१ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले फागुन पहिलो सातामा कुल ४१ खर्ब ५९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
यस्तै, बैंकहरुको सीडी रेसियो ९१ प्रतिशत माथि पुगेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु