मूल्यवृद्धि ६ प्रतिशत !

२०७८ फाल्गुन २८ गते, शनिबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार माघमा मूल्यवृद्धिदर ६ प्रतिशत नजिक पुगेको छ । दाल तथा गेडागुडी, तरकारी, घिउ तथा तेलको मूल्य उच्च रहेको राष्ट्र बैंकले जनाएको छ । तराई मधेसको क्षेत्रमा सबैभन्दा बढी मूल्यवृद्धि भएको पाइएको छ । सुगम र सहज यातायात सञ्जाल, स्रोत तथा साधनको उपलब्धता भए पनि तराईमा मूल्यवृद्धि धेरै भएको पाइएको हो । तराईपछि काठमाण्डौ उपत्यका र पहाडी क्षेत्रमा मूल्यवृद्धि धेरै रहेको राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
यता सरकारले बजारमा व्यवसायीले आफूखुसी मूल्य बढाएको भनेर अनुगमनलाई पनि तीव्रता दिदैँ आएको छ । तर त्यसको प्रभाव बजारमा शून्य छ भन्दा फरक पर्दैन । बजारमा ६ प्रतिशतको मूल्य बृद्धि हुँदा पनि सरकार नतमस्तक छ । नियन्त्रणमा कुनै चासो नै देखाएको छैन । सरकारले बजार अनुगमन बढाएको भने पनि महँगी नियन्त्रणमा आउन सकेको छैन ।
राष्ट्र बैंकका अनुसार गएको माघ मसान्तसम्म काठमाण्डौ उपत्यकाका बासिन्दाले ५ दशमलव ४७ प्रतिशत र तराईका बासिन्दाले ६ दशमलव ५० प्रतिशत मूल्यवृद्धि खेपिरहेका छन् । यस्तै पहाडका बासिन्दाले ५ दशमलव ३२ प्रतिशत र हिमालका बासिन्दाले ५ दशमलव ९७ प्रतिशत मूल्यवृद्धि खेप्नुपरेको छ ।
इन्धनको मूल्य लगातार बढेकाले उत्पादन लागतदेखि वितरणसम्मको खर्च पनि बढेकाले मूल्यवृद्धि उच्च रहेको राष्ट्र बैंकको भनाइ छ । तर कतिपय वस्तुमा व्यापारीले आफूखुशी मूल्य बढाउने गरेका उपभोक्ताको गुनासो छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु