ग्रीन भेन्चर्स आइपिओ जारी गर्दै

काठमाडौं। ग्रीन भेन्चर्स लिमिटेडले चैत्र ८ गतेदेखि ३१ लाख २५ हजार कित्ता आइपिओ जारी गर्ने भएको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३१ करोड २५ लाख रुपैयाँ बराबरको आइपिओ जारी गर्न लागेको हो। कम्पनीले जारी गर्ने आइपिओमध्ये ३ प्रतिशतले हुन आउने ९३ हजार ७ सय ५० कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशतले हुन आउने १ लाख ५६ हजार २ सय ५० कित्ता सामूहिक लगानी कोष योजनाहरुको लागि छुट्याइएको छ । भने, बाँकी २८ लाख ७५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्। लगानीकर्ताले यस आइपिओमा न्युनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने छ। लगानीकर्ताले यो आइपिओमा चैत ११ गतेसम्म आवेदन दिन पाउनेछन्। तोकिएको समयभित्र आवश्यक मात्रामा आवेदन नपरेमा ढिलोमा चैत २२ गतेसम्म भर्न पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटलले गर्नेछ । यस आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सकिनेछ।