क्रिप्टोकरेन्सी कारोबार गर्ने मोबाइल एप बन्द गर्न निर्देशन

२०७८ चैत्र १ गते, मंगलवार

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले गैरकानुनी रूपमा डलर सटही गर्दै आएको क्रिप्टोकरेन्सी कारोबार गर्ने मोबाइल एप बन्द गर्न निर्देशन दिएको छ । प्राधिकरणले सोमबार पत्राचार गरी इन्टरनेट सेवा प्रदायक सबै कम्पनीहरूलाई क्रिप्टोकरेन्सीका एपहरू बन्द गर्न निर्देशन दिएको हो । प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले त्यस्ता एपहरूलाई नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसएबल तथा कालोसूचीमा राख्न निर्देशन दिइएको हो। नेपालमा अहिले क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा ताथ गैरकानुनी क्रियाकलाप गरी आर्थिक अपराध बढेको भन्दै सूचना तथा प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयले निषेध, डिसएबल तथा कालोसूचीमा राख्न प्राधिकरणलाई पत्राचार गरेको थियो। अर्थ मन्त्रालयको कार्यदलले क्रिप्टोकरेन्सीबारे छानबिन गरी प्रतिवेदन लेखिरहेको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु