शेयर बजारमा गिरावट !

२०७८ चैत्र ९ गते, बुधबार

काठमाडौं । पछिल्ला दुई दिन दाहोरो अंकले वृद्धि भएको शेयर बजार बुधबार पुनः दोहोरै अंकले ओरालो लाग्यो । उतार चढावकाबीच बजार परिसूचक नेप्से २० अंकले ओरालो लागेर २६ सय ३० मा आएर थामियो । कारोबार थप खुम्चिएर २ अर्बमा सीमित भएको छ । कारोबारमा आएका म्युचल फण्ड र व्यापार समूहका परिसूचक बाहेक बाँकी सबै समूह ओरालो लागे । जीवन बीमा समूहमा सबैभन्दा उच्च सय अंक माथिको गिरावट आउँदा अरु अधिकांश समूह दोहोरो अंकले ओरालो लागे ।
कारोबार रकमको आधारमा सबैभन्दा उच्च एन आई सि एसिया बैंकको ८ करोड ४१ लाख माथिको कारोबार भएको छ । कारोबार रकमकै आधारमा एनआइसि एशियालाई जीवन विकास लघुवित्त वित्तिय संस्था र अरुण भ्याली हाइड्रोपावर क्रमश पच्छ्याएका छन् । बुधबार राष्ट्र उत्थान लघुवित्तको सकारात्मक सर्किट लाग्दा बुद्ध भूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । बुधबार २ सय २६ कम्पनीको ३९ लाख ८५ हजार कित्ता शेयर जम्मा २ अर्ब ४ करोड बराबरमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]