आर्थिक अनियमिताको छानविन सुरू गरेपछि चापागाईद्वारा नेकपा परित्याग !

२०७८ चैत्र १५ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय समितिको १२औँ पूर्ण बैठकले आर्थिक अनियमितता छानविन गर्ने निर्णय गरेपछि भीम चापागाईले पार्टी परित्याग गरेका छन् । नेकपाको केन्द्रीय प्रकाशन रातो खबर प्रकाशन गृहका प्रबन्ध निर्देशक भीम चापागाईले प्रकाशन विभागमा रहँदा गरेको आर्थिक अनियमितता छानविन गर्ने निर्णय गरेपछि पार्टी परित्याग गरेका हुन् । चापागाईले पार्टीको केन्द्रीय प्रकाशनको नाममा आर्थिक अराजकता मच्चाएपछि एक बर्ष अगाडी नै पार्टी हेडक्वाटरमा उजुरी परेको थियो । त्यसपछि पार्टीले चापागाईलाई रातो खबर प्रकाशन गृहको प्रबन्ध निर्देशकबाट हटाएर मनाङ कार्यक्षेत्र खटाएर पठाएको थियो । चापागाईले पार्टी निर्देशनलाई उलङ्घन गर्दै कार्यक्षेत्रमा नगई उपत्यका र पोखरामा बसेर पार्टी नीति विपरित आर्थिक गतिविधि गर्दै आएको नेकपाका एक केन्द्रीय सदस्यले जनबाटोलाई बताए । उनका अनुसार चापागाईले प्रकाशन विभागको जिम्मेवारीमा रहँदा आर्थिक अनुशासन उलङ्लन गरेकोले पार्टी केन्द्रीय समितिको आज सम्पन्न १२ औं पूर्ण बैठकले छानविन गर्ने निर्णय गरेको थियो । ‘चापागाईले गरेको आर्थिक अनियमिताबारे पार्टीले छानविन अगाडी बढाएपछि भागेको हुनसक्छ’–एक केन्द्रीय सदस्यले जनबाटोलाई बताए । उनले भने,’चापागाईमाथि छानविन सकिएपछि थप कदम चालिन्छ ।’यसअघि प्रतिबन्धको समयमा समेत चापागाईलाई यसबारे पार्टीले सचेत बनाएको थियो । नेकपाको केन्द्रीय समितिको १२ औं पूर्ण बैठक सकिएलगत्तै केन्द्रीय समितिको निर्णय सार्वजनिक नहुँदै चापागाइले सोमबार साँझ प्रेस वक्तव्य जारी गरी पार्टीमा नरहेको बताएका छन् । चापागाईले चुनावबारे पार्टी नीति ‘अस्पष्ट’ भएको हवला दिदै वक्तव्य जारी गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

स्वस्तिक लघुवित्तको आईपीओ खुल्यो

२०८२ श्रावण ३१ गते, शुक्रबार

एमसीसीले लगायो २१ अर्बका दुई ठेक्का

२०८२ श्रावण ३० गते, बिहीबार

नागढुङ्गा सुरूङ मार्गको दस्तुर तोकियो

२०८२ श्रावण ३० गते, बिहीबार

नेप्से २.६२ अंकले बढ्यो

२०८२ श्रावण ३० गते, बिहीबार