युवा सङ्गठनद्वारा बन्धक बनाइएका परिवारको उद्दार

२०७८ चैत्र २२ गते, मंगलवार


काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा सङ्गठन दाङले ऋण तिर्न नसकेपछि थुनिएका एक परिवारको उद्दार गरेको छ । सो संगठनले तुलसीपुर उप–महानगरपालिकास्थित राष्ट्रिय बाणिज्य बैंक रहेको घरको तल्लो तलामा सञ्चालित न्यु नेपाल सुनचाँदी पसलका सञ्चालक ललित गुप्ताद्वारा थुनिएका उनकै पसलका कामदार सन्तुको परिवारलाई उद्दार गरेको हो । युवा सङ्गठन दाङको पहलमा सोमबार बिहान ८ बजेदेखि सुनचाँदी पसल सञ्चालक गुप्ताले आफ्नै निजी निवास तुलसीपुर बिएसएस पार्टी प्यालेस नजिकै रहेको घरको अन्डरग्राउन्डमा थुनेर राखेको सन्तुको परिवारलाई युवा सङ्गठन नेपाल दाङको सहकार्य र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको नेपाल प्रहरीको टोलीले उद्दार गरेको हो ।
न्यु नेपाल सुनचाँदी पसलका सञ्चालक गुप्ताले कामदार सन्तुले आफूसँग ऋण बापत ३५ हजार रुपैया नतिरेपछि सोमबार बिहान ८ बजेदेखि आफ्नै कामदार सन्तुसहित उनकी २ वर्षकी छोरी र श्रीमतीलाई आफ्नै निजी निवासमा थुनेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले बताए । बिहान ८ बजेदेखि थुनिएको सन्तुको परिवारलाई करिव साढे १० घन्टापछि साँझ ६ः४५ बजेतिर उद्दार गरिएको थियो ।
सन्तु परिवार आफ्नै मालिकद्वारा करिव साढे १० घन्टासम्म अन्डरग्राउन्ड कोठामा थुनिदासमेत प्रहरी बेखबर रह्यो । बिहान ८ बजेदेखि थुनिएको सन्तु परिवार साँझ ६ः३० बजेसम्म थुनिदासमेत इलाका प्रहरी कार्यालय तुलसीपुरले अत्तोपत्तो समेत पाउन सकेन तर, त्यही अपराधको सूचना ढिलैभए पनि नेकपा निकट युवा सङ्गठन नेपाल दाङका नेता–कार्यकर्ताहरूलाई प्राप्त भएको थियो । कोठामा थुनिएका सन्तु परिवारले बाहिर रहेका आफ्ना आफन्त वा साथीभाइलाई फोन गरेको पक्कै हुनुपर्छ किनकी साढे ५ बजेतिर सन्तुसहित उनको परिवार साहु गुप्ताद्वारा थुनिएको खबर युवा सङ्गठन नेपाल दाङका सचिव शुदर्शनले पाएको बताउँछन् । नेता शुदर्शनले सुनचाँदी पसलमा कार्यरत कामदार बिहानदेखि बन्द कोठामा थुनिएको खबर फोनमार्फत प्राप्त गरेपछि उनले पार्टी पद्धति र प्रक्रिया अनुरुप पार्टीका तुलसीपुर उप–महानगरपालिका इन्चार्ज बिकाशलाई सम्पर्क गरे र अन्य आफ्ना नेता–कार्यकर्तालाई समेत घटनाबारे जानकारी गराउँदै उद्दारमा जुट्नुपर्ने अवस्थाको बारेमा समेत अपिल गरे ।
त्यसपछि केही समयपछि नेकपा तुलसीपुर उप–महानगरका इन्चार्ज बिकाशले इलाका प्रहरी कार्यालय तुलसीपुरलाई घटनाको बारेमा जानकारी गराएलगत्तै इलाका प्रहरी कार्यालयबाट खटिएको नेपाल प्रहरीको टोली र नेकपा निकट युवा सङ्गठन नेपालको सहकार्यमा सन्तुको परिवारलाई उद्दार गरिएको थियो । सन्तु परिवारको उद्दारमा महत्वपूर्ण भुमिका खेलेको भन्दै नेकपाका युवाहरूलाई स्थानीयले धन्यवादसमेत ज्ञापन गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]