टेलिकमको नयाँ वर्ष अफर : ९८ रुपैयाँमा ६ जीबी डाटा

२०७८ चैत्र २९ गते, मंगलवार


काठमाडौं । नेपाल टेलिकमले चैत २९ गतेदेखि वैशाख ३ गतेसम्म लागू हुने गरि नयाँ वर्षको अफर सार्वजनिक गरेको छ । आफ्ना ग्राहकहरूको माग र सहजतालाई मध्यनजर गर्दै टेलिकमले विभिन्न प्याकेजहरू ल्याएको हो । जसअनुसार २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अननेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा ४९ मा उपलब्ध हुनेछ । यस्तै, ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा ९८ मा खरिद गर्न सकिने नेपाल टेलिकमले जनाएको छ । साथै, २०० देखि ४९९ रुपैयाँसम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने १ जिबीको डाटा प्याक र ५०० तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने २ जीबी डाटा प्याक पनि नि:शुल्क पाइने नेपाल टेलिकमले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]