१९ अर्ब १० करोड बराबरको ट्रेजरी बिल जारी हुदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले १९ अर्ब १० करोड बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै ९१ दिन,१८२ दिन र १ वर्षको गरी ३ किसिमको ट्रेजरी बिल जारी गर्न लागेको हो । बैंकले ९१ दिनको लागि ५ अर्ब १० करोडको ट्रजरी बिल जारी जारी गर्न लागेको हो । यो बिल आगामी साउन १७ गते परिपक्व हुनेछ । बैंकले १८२ दिनको लागि १० अर्बको ट्रेजरी बिल जारी गर्न लागेको हो । यस बिल भने आगामी कात्तिक १५ गते परिपक्व हुनेछ । त्यसैगरी १ वर्षको लागि २ अर्ब बराबरको ट्रेजरी लिब जारी हुने भएको छ । यस ट्रेजरी बिल २०८० वैशाख १९ गते परिपक्व हुनेछ ।
ट्रेजरीको बोलकबोल अनलाइनमार्फत आज दिउँसो ३ बजे खुला हुनेछ। आज हुने बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ।