तीन कम्पनीद्वारा आइपिओ जारी गर्ने तयारी

२०७९ जेष्ठ ८ गते, आईतवार


काठमाडौं । माया खोला हाइड्रोपावर, मकर जीतुमाया सुरी हाइड्रोपावर र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आइपिओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । धितोपत्र बोर्डसँग माया खोला हाइड्रोपावरले ३४ लाख आइपिओ जारी गर्न अनुमति माग गरेको हो। कम्पनीले प्रति कित्ता १ सय अंकित मुल्यमा ३४ करोड रुपैयाँ बराबरको आइपिओ जारी गर्न लागेको हो। आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
यस्तै, मकर जीतुमाया सुरी हाइड्रोपावर कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा २२ लाख ८० हजार कित्ता आइपीओ जारी गर्न अनुमति माग गरेको हो। यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ । यता, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १६ लाख ३१ हजार १६० कित्ता आइपीओ जारी गर्न अनुमति माग गरेको हो। यसमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गर्नेछ । यी तीन कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि आइपिओ जारी गर्न लागेको हो।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

ग्यास लुकाए जफत !

२०८१ माघ ३० गते, बुधबार

फेरि बढ्यो अमेरिकी डलरको भाउ

२०८१ माघ २९ गते, मंगलवार