आयत घट्यो !

२०७९ जेष्ठ ९ गते, सोमबार


काठमाडौं । राष्ट्र बैंकले कडाई गरेसँगै नेपालमा आयत घटेको छ । राष्ट्र बैंकका अनुसार गत वैशाख महिनामा कुल आयात १ खर्ब ३७ अर्ब रुपैयाँमा झरेको हो । चैत महिनाको तुलनामा यो आयतमा २१ अर्ब रुपैयाँ कम हो । चालु आर्थिक वर्ष आयात १ खर्ब ८८ अर्ब १२ करोड रुपैयाँसम्म पुगेको थियो । गत माघमा घटेर १ खर्ब ४८ अर्ब १२ करोडमा आएको थियो । खाद्यान्न र इन्धनको हिस्सा ५० प्रतिशत भन्दा बढी भएको भन्दै आयातमा गरिएको कडाईको असर देखिन थालेको हो ।
चालु वर्ष चैतको भन्दा वैशाखमा आयात घटेर २१ अर्बले घटेर १ सय ३७ अर्बमा आएको छ। जसको लागि राष्ट्र बैंकले मौखिक रुपमा प्रतितपत्र (एलसी) नखोल्न निर्देशन दिएको थियो । त्यसपछि सरकारले १० वस्तुको आयात चालु वर्षकै लागि बन्द ग¥यो । यसले गर्दा आयात वैशाखमा घटेको हो । वैशाखसम्म कुल आयात १६ खर्ब ४ अर्ब पुगेको छ । विशेष गरी यस पटक एमएस बिलेट, गहुँ, मोटरसाइकल, चिनी, डीएपी मल, सिमेन्ट क्लिंकर, स्वास्थ्य उपकरण, हातहतियार, सीआर सीट र धानको आयात घटेको छ । यी आयात हुने मुख्य १० वस्तु हुन् । यस्तै डिजेल, पेट्रोल र खाना पकाउने ग्यासको आयात बढेको छ। यसबाहेक कच्चा पाम तेल, भ्याक्सिन, शुद्ध फलाम, एचआर सीट र भटमासको तेलको आयात पनि घटेको छ ।

निर्यात व्यापारमा पनि सुधार भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

ग्यास लुकाए जफत !

२०८१ माघ ३० गते, बुधबार

फेरि बढ्यो अमेरिकी डलरको भाउ

२०८१ माघ २९ गते, मंगलवार