हवाई भाडा बढ्यो !

काठमाडौं । वायुसेवा सञ्चालक संघले हवाई भाडा बढाएका छन् । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य बढाएपछि संघले हवाई भाडा बढाएको हो । संघका अनुसार काठमाडौंबाट सबैभन्दा लामो दुरीमा रहेको रुट काठमाडौं–धनगढी पुग्न अधिकतम १५ हजार ६६५ रुपैयाँ लाग्ने भएको छ । यो रुटमा एकै पटक ४४५ रुपैयाँ भाडा बढेको हो । निगमले गएरातिबाट लागू हुने गरी इन्धनको मूल्य बढाएको थियो । जसअन्तर्गत हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गरी १६६ रुपैयाँ पुगेको थियो ।
