जनता टेलिभिजनले साधारण शेयर जारी गर्ने

२०७९ जेष्ठ १३ गते, शुक्रबार

काठमाडौं । जनता टेलिभिजनले साधारण शेयर जारी गर्ने भएको छ । जनता टेलिभिजनको प्रसारण कम्पनी जनता प्रसारण तथा प्रकाशन लिमिटेडले निकट भविष्यमा सार्वजनिक शेयर जारी गर्ने भएको हो । शेयर कारोबार र आइपीओ जारी गर्ने सम्बन्धमा जनता प्रसारण तथा प्रकाशन लिमिटेड र ग्लोबल आइएमइ क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो । सम्झौतापत्रमा जनताका तर्फबाट सञ्चालक समिति अध्यक्ष डा विजयकुमार पौडेल र ग्लोबल आइएमइ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि अधिकारीले हस्ताक्षर गरेका छन ।
अध्यक्ष पौडेलले जनता आइपीओमा गएसँगै नेपाली मिडियाको क्षेत्रमा नयाँ युगको शुरुवात हुने बताए । यसले लगानीकर्ताहरुले व्यक्तिगत लाभ र उदेश्य प्राप्तिका लागि मात्र मिडियामा लगानी गर्छन् भन्ने जनगुनासोको समेत अन्त्य हुने उहाँले विश्वास व्यक्त गरे । यसलाई नेपाली शेयर बजारका लागि नै नौलो अभ्यास भएको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

७ महिनामा ४५ प्रतिशत राजस्व संकलन !

२०८१ फाल्गुन १ गते, बिहीबार

ग्यास लुकाए जफत !

२०८१ माघ ३० गते, बुधबार