पशुपतिमा बतास समूहले होटेल चलाउने नपाउने !

२०७९ जेष्ठ १९ गते, बिहीबार


काठमाडौं । न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले बतास समूहलाई पशुपति धर्मशालामा होटल सञ्चालन गर्न भनि दिइएको यसअघिको अन्तरकालीन आदेश बदर गरेको छ। बुधबार न्यायाधीश पोखरेलको इजलासले यसअघि काठमाडौं जिल्ला अदालतले बतास समूह पशुपति धर्मशालामा होटल सञ्चालन गर्न दिने भनि दिएको अन्तरकालीन आदेश बदर गरेको हो । न्यायाधीश पोखरेलको इजलासले अन्तरकालीन आदेश बदर गरिदिएसँग बतास समूहको पशुपति धर्मशालामा होटल सञ्चालन गर्ने बाटो बन्द भएको छ ।
गत चैत २५ गते अदालतले बतास समूहलाई पशुपति धर्मशालामा होटेल सञ्चाल गर्न पाउने भन्दै अन्तरकालीन आदेश दिएको थियो। तर, उक्त अन्तरकालीन आदेशविरूद्ध पशुपति क्षेत्र विकास कोषले मुद्धा दायर गरेको थियो । न्यायाधीश पोखरेलको इजलासले उक्त मुद्धाको बुधबार सुनुवाइ गर्दै कोष र बतास समूहबीचको करार भंग भइसकेको र पुनः होटल सञ्चालन गर्न नपाउने भन्दै अन्तरकालीन आदेश बदर गरिदिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

ग्यास लुकाए जफत !

२०८१ माघ ३० गते, बुधबार

फेरि बढ्यो अमेरिकी डलरको भाउ

२०८१ माघ २९ गते, मंगलवार