सिडी रेसियो ९० प्रतिशतमाथि हुने वाणिज्य बैंकसंग जवाफ माग

२०७९ असार ३ गते, शुक्रबार


काठमाडौं । नेपाल राष्ट्र बैंकले सिडी रेसियो (कर्जा–निक्षेप अनुपात) सीमा ९० प्रतिशतभन्दा बढी भएका वाणिज्य बैंकहरुलाई पत्रचार गर्दै जवाफ माग गरेको छ । राष्ट्र बैंकका अनुसार हाल २७ मध्ये १५ वटा बैंकको सिडी रेसियो ९० प्रतिशतभन्दा बढी छ । जसमा २ वटा बैंकको सिडी रेसियो ९५ प्रतिशतभन्दा बढी पुगिसकेको छ । राष्ट्र बैंकले असार मसान्तपछि नियम अनुसार सिडी रेसियो ९० प्रतिशत बढी हुने बैंकहरुलाई कारवाही गर्ने तयारी गरेको छ । राष्ट्र बैंकले हालै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ)हरुलाई बोलाएर सिडी रेसियो ९० प्रतिशतभन्दामाथि कटाउने बैंकलाई असार मसान्तको समय सीमा सम्झाएको थियो । राष्ट्र बैंकले सीइओहरुलाई सिडी रेसियोको व्यवस्था परिवर्तन नहुने र असारभित्र सीमा ल्याउनुपर्ने भनेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सार्वजनिक ऋण झन्डै २७ खर्ब !

२०८१ चैत्र ५ गते, मंगलवार

नेप्से २१.६३ अंकले घट्यो

२०८१ चैत्र ३ गते, आईतवार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

२०८१ चैत्र ३ गते, आईतवार