सार्वजनिक गाडी भाडावृद्धि

२०७९ असार ६ गते, सोमबार


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्यबृद्धि गरेसगै यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा वृद्धि गरेको छ । विभागले आजैदेखि लागू हुने गरी यात्रुवाहक सवारीसाधनमा ५.३० प्रतिशत भाडा बढाइएको हो ।
त्यसैगरी, पहाडी बाटोमा चल्ने मालवाहक सवारीसाधनमा ६.९४ प्रतिशत र तराईको सडकमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा ७.७ प्रतिशत भाडा बढाइएको छ । वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले घटेमा वा बढेमा स्वचालित रुपमा भाडादर परिवर्तन हुने उल्लेख छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

स्वस्तिक लघुवित्तको आईपीओ खुल्यो

२०८२ श्रावण ३१ गते, शुक्रबार

नागढुङ्गा सुरूङ मार्गको दस्तुर तोकियो

२०८२ श्रावण ३० गते, बिहीबार

नेप्से २.६२ अंकले बढ्यो

२०८२ श्रावण ३० गते, बिहीबार