नेप्से ४९ अंकले घट्यो

२०७९ असार ६ गते, सोमबार

काठमाडौं । निरन्तर ओरालो लागिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ४९ अंकले घटेर १८८४ दशमलव ८१ विन्दुमा पुगेको छ । साताको दोस्रो कारोबार दिन सेन्सिटिभ सूचक पनि ७ दशमलव ६६ अंकले घटेको छ । नेप्से घटेसँगै कारोबार रकममा पनि उत्साह आउन सकेको छैन । यसदिन २३० कम्पनीका ६१ लाख ८६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७५ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ ।
कारोबारमा रहेका १३ वटै उपसूचक राताम्मे हुँदा ४ वटा कम्पनीको सेयर हरियो भएको छ । आँधीखोला लघुवित्त र सीवाईसी लघुवित्तका लगानीकर्ताको कमाइ १० प्रतिशतले बढे पनि अन्य कम्पनीको सेयर बढेको छैन । तेह्रथुम पावर कम्पनी, कालिका पावर कम्पनी, रिभर फल्स पावर कम्पनीका लगानीकर्ताले धेरै गुमाएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]