सुनचाँदी ब्यवसायीद्वारा छुट्टै कानुनको माग

२०७९ असार १४ गते, मंगलवार

काठमाडौं। नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनचाँदी व्यवसायसम्बन्धी कानून निर्माणको लागि सरकारसँग आग्रह गरेको छ। महासंघको प्रतिनिधिमण्डलले संसदको उद्योग, वाणिज्य तथा आपूर्ति समितिका पदाधिकारीसँग भेट गरी सुनचाँदी ब्यवसाय सम्वन्धी प्रष्ट कानून नभएको जनाउँदै शिघ्र ब्यवस्था गर्न आग्रह गरेका हुन्। महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको टोलीले समितिका सभापति विमल श्रीवास्तव सहित सांसदहरुसँग भेटेको थियो। सुनचाँदी ब्यवसाय सञ्चालन सम्वन्धी प्रष्ट कानूनको अभावमा यो क्षेत्रमा आवद्ध ब्यवसायी मर्कामा पर्दै आएको गुनासो उनीहरुको थियो। कानून निर्माणका लागि ब्यवसायीका तर्फवाट बारम्बार सम्वन्धित निकायाको ध्यानाकर्षण गराइँदै आएको भए पनि त्यसको सुनुवाई नहुँदा यो क्षेत्र समस्या परेको उनीहरुले गुनासो पोखेका थिए। भेटका क्रममा महासंघका तर्फवाट अध्यक्ष शाक्य सहित बिशिष्ट सदस्य मणि रत्न शाक्य, उपाध्यक्ष दियस रत्न शाक्यलगायतको सहभागिता रहेको थियो।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु