हिमालयन हाइड्रोपावरकाे आईपीओ जारी

काठमाडौं। हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गरेकाे छ। अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले १९ लाख ६८ हजार २५० कित्ता सार्वजनिक निष्कासन(आईपीओ) जारी गरेकाे हाे।
उक्त आईपीओ जारी गरेर कम्पनीले १९ करोड ६८ लाख २५ हजार रुपैयाँ जम्मा गर्नेछ। आईपीओमा असार १९ गतेसम्म आवेदन दिन पाइन्छ। तर उक्त समयसम्म पनि सर्वसाधारणबाट पर्याप्त आवेदन नपरे बिक्री अवधि असार २९ सम्मका लागि लम्बिने छ। कम्पनीले जारी गरेकाे साधारण सेयरमध्ये जारी पुँजीको २ प्रतिशतले हुन आउने ३९ हजार ३६५ कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ९८ हजार ४१३ कित्ता साधारण सेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको छ। त्यसमध्ये बाँकी रहने १८ लाख ३० हजार ४७२ कित्ता सर्वसाधारणका लागि बिक्री गरिने छ। उक्त आइपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिनु पर्ने बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ।