२९ करोडको यार्सागुम्बा निर्यात

२०७९ असार २७ गते, सोमबार


काठमाडौं । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष २०७८/७९ को ११ महिनाको अवधिमा नेपालबाट २९ करोड ६७ लाख रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालबाट साउनदेखि जेठसम्मको अवधिमा उक्त मूल्य बराबरको यार्सागुम्बा निर्यात भएको हो । यसअवधिमा नेपालबाट जम्मा ४७६ किलोग्राम यार्सागुम्बा निर्यात भएको विभागले जनाएको छ । यसरी नेपालबाट निर्यात हुने यार्सागुम्बा विश्वका ११ वटा देशमा जाने गरेको छ । जसमध्ये कम्बोडियामा सबैभन्दा धेरै मूल्यको यार्सागुम्बा निर्यात भएको तथ्याङ्क छ ।
कम्बोडियामा नेपालबाट २० करोड २ लाख ४६ हजार रुपैयाँ बराबरको ३०५ किलोग्राम यार्सागुम्बा निर्यात भएको छ । यसपछि, हङकङमा ३ करोड ९३ लाख रुपैयाँको ६८ किलो यार्सागुम्बा निर्यात भएको छ भने फ्रान्समा ६२ लाख २१ हजार रुपैयाँ बराबरको ११ किलोग्राम यार्सागुम्बा निर्यात भएको देखिन्छ ।

यसपछि, कोरिया, रसिया, सिंगापुर, थाइल्याण्ड, युक्रेन, बेलायत, अमेरिका र भियतनाम लगायतका देशमा समेत यार्सागुम्बा जाने गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

ग्यास लुकाए जफत !

२०८१ माघ ३० गते, बुधबार

फेरि बढ्यो अमेरिकी डलरको भाउ

२०८१ माघ २९ गते, मंगलवार