बैंकहरुद्वारा ६ अर्ब बढी नाफा आर्जन

काठमाडौं । आर्थिक वर्ष २०७८/ ७९ मा बैंकहरुले ६ अर्ब बढी नाफा गरेका छन् । नेपाल राष्ट बैंकका अनुसार वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७८/ ७९ को जेठ मसान्तसम्ममा ६ अर्ब ४६ करोड ३८ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेका हुन् । सञ्चालित २७ वटा वाणिज्य बैंकले सबैभन्दा बढी नाफा आर्जन गर्नेमा ग्लोबल आईएमई बैंकको अग्रता कायमै रहेको छ । ग्लोबलले जेठ मसान्तसम्ममा ४ अर्ब ८५ करोड रुपैयाँ बराबरको नाफा गरेको छ । जसलाई एनआईसी एशिया बैंकले पछ्याएको छ । एनआईसी एशिया विगत ११ महिनामा ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको नाफा गर्न सफल भएको छ ।त्यस्तै, ३ अर्ब बढी नाफा कमाउनेमा नबिल बैंकसहित ७ वटा वाणिज्य बैंक रहेका छन् । जसमा राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ९२ करोड, नबिलले ३ अर्ब ८२ करोड, प्राइमले ३ अर्ब ५४ करोड, एनएमबिले ३ अर्ब ३४ करोड र नेपाल इन्भेष्टमेन्ट बैंकले ३ अर्ब २२ करोड रुपैयाँ बराबरको नाफा आर्जन गरेका छन् ।
त्यसैगरी, २ अर्ब रुपैयाँभन्दा बढी र ३ अर्बभन्दा कम नाफा कमाउनेको सूचीमा ७ वटा वाणिज्य बैंक रहेका छन् । जसमा नेपाल, मेगा, सिद्धार्थ, एभरेष्ट, कृषि विकास, सानिमा र सिटिजन्स बैंक रहेका छन् ।
समीक्षा अवधिमा सबै बैंकको नाफा अर्ब माथि रहेको छ । १ देखि २ अर्ब रुपैयाँको बीचमा नाफा कमाउनेमा अधिकांश बैंक रहेका छन् । सबैभन्दा कम नाफा कमाउनेमा सिभिल बैंक छ । बैंकले यो ११ महिनामा १ अर्ब २१ करोड रुपैयाँ बराबरको नाफा कमाएको राष्ट्र बैंकले जानकारी गराएको छ ।