४० माइक्रोन भन्दा पातलो प्लास्टिक उत्पादनमा प्रतिबन्ध !

२०७९ श्रावण १० गते, मंगलवार

काठमाडौं । सरकारले आगामी भदौ १ गतेबाट ४० माइक्रोन भन्दा पातलो प्लास्टिकको उत्पादन, बिक्री तथा प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ । वातावरण विभागले मंगलबार सूचना जारी गर्दै भदौ १ गतेदेखि ४० माइक्रोन भन्दा पातलो प्लास्टिकको उत्पादन, बिक्री, आयात र प्रयोगमा लगाइएको प्रतिबन्धलाई लागू गर्न कडाई गर्ने जनाएको हो । सरकारले गत वर्ष असोज १९ को राजपत्रमा सूचना प्रकाशित गरी ४० माईक्रोनभन्दा पातलो प्लाष्टिकका झोला उत्पादन, आयात, बिक्री, वितरण तथा प्रयोगमा प्रतिवन्ध लगाएको थियो ।
विभागले प्लास्टिक झोला प्रतिबन्ध सम्बन्धी कार्ययोजना, २०७८ स्वीकृत भई कार्यान्वयनमा आईसकेको भन्दै कोभिड–१९ को प्रकोपका कारण केही समय अनुगमनमा केही खुकुलो गरिएकोमा भदौ १ देखि अनुगमन तीब्र बनाइने पनि जनाएको छ । ४० माईक्रोनभन्दा पातलो प्लाष्टिकको प्रयोग, उत्पादन तथा बिक्री गरेको पाइए वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारबाही हुने पनि बिभागले चेतावनी दिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

७ महिनामा ४५ प्रतिशत राजस्व संकलन !

२०८१ फाल्गुन १ गते, बिहीबार

ग्यास लुकाए जफत !

२०८१ माघ ३० गते, बुधबार