नेप्से परिसूचकमा दोहोरो अंकले बृद्धि

२०७९ श्रावण १२ गते, बिहीबार


काठमाडौ । आज शेयर बजार परिसूचक १५ दशमलव ४४ अंकले बढेर दुई हजार एक सय २७ दशमलव ४२ विन्दुमा कायम भएको छ । आज दुई सय २१ वटा कम्पनीका एक करोड १९ लाख ५५ हजार कित्ता शेयर चार अर्ब ९७ करोड ६४ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अरुण काबेली जलविद्युत् कम्पनीको झन्डै १८ करोड र शिवम् सिमेन्टको १५ करोड ८६ लाख रुपैयाँको शेयर किनबेच भएको छ । निर्जीवन बीमा, उत्पादन र अन्य समूहबाहेक अरू सबै समूहको शेयर बढेको छ । आज विन्ध्यवासिनी हाइड्रो विकास कम्पनी र राष्ट्र उत्थान लघुवित्तको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै हिमालयन पावर पार्टनर र एक्सेल डेभलपमेन्ट बैंकको शेयर साढे नौ प्रतिशतभन्दा धेरैले बढेको छ । राधी जलविद्युत्, बलेफी हाइड्रो र ग्रीन भेन्चर्स कम्पनीको शेयर भने झन्डै चार प्रतिशतका दरले घटेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

७ महिनामा ४५ प्रतिशत राजस्व संकलन !

२०८१ फाल्गुन १ गते, बिहीबार

ग्यास लुकाए जफत !

२०८१ माघ ३० गते, बुधबार