१३ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल जारी हुँदै

२०७९ श्रावण ३० गते, सोमबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकले १३ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ। केन्द्रिय बैंकले २८ दिने, ९१ दिन र १८२ दिन गरी तीन किसिमको ट्रेजरी बिल जारी गर्न लागेको हो। बैंकले २८ दिनको लागि ५ अर्ब ट्रेजरी बिल जारी गर्ने भएको छ। यो बिल आगामी भाद्र २८ गते परिपक हुनेछ। यस्तै, ९१ दिनको लागि २ अर्बको ट्रजरी बिल आगामी कार्तिक २९ गते परिपक्व हुने गरी जारी गर्न लागेको हो। त्यस्तै १८२ दिनको लागि ६ अर्बको ट्रजरी बिल जारी गर्न लागेको हो। यो बिल आगामी फाल्गुण २ गते परिपक्व हुनेछ ।
ट्रेजरीको बोलकबोल अनलाइनमार्फत सोमबार दिउँसो ३ बजे खुला हुनेछ। सोमबार हुने बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ९.६२ अंकले घट्यो

२०८२ बैशाख २२ गते, सोमबार

जीवन बीमा बढ्दै

२०८२ बैशाख २२ गते, सोमबार

नेप्से ३.४४ अंकले घट्यो

२०८२ बैशाख २१ गते, आईतवार