आईपीओ भर्दा बढीमा ५ रुपैयाँ मात्रै शुल्क लाग्ने !

२०७९ भाद्र ६ गते, सोमबार

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आइतबार बसेको सञ्चालक समितिको बैठकमा सीआस्बा शुल्क अधिकतम ५ रुपैयाँ मात्रै लिन पाउनेगरी व्यवस्था गर्नेबारे छलफल भएको बताएका छन ।नेपाल स्टक एक्स्चेन्जले राजधानीमा आयोजना गरेको डेरिभेटिभ्स बजारको सम्भावना र चुनौती विषयक छलफल कार्यक्रममा हमालले यसबारे जानकारी दिएका हुन् । हाल बैंक तथा वित्तीय संस्थाहरुले आईपीओ भरेबापत ग्राहकसँग धेरैजसोले १५, २० र २५ रुपैयाँ शुल्क लिने गरेका छन् । केहीले नि:शुल्क गरेका छन् । थोरै संख्याको आईपीओ जारी हुने गरेकाले आईपीओ नै नपर्ने तर शुल्क महँगो भएको गुनासो लगानीकर्ताले गर्दै आएका थिए । हाल २० लाखभन्दा धेरैले आईपीओ भर्ने गरेका छन् ।
पुँजी बजारको विकासका लागि आफू निरन्तर लागिरहेको बताउँदै हमालले डेरिभेटिभ्स बजारको विकासका लागि निकै चनाखोपूर्वक काम गर्नुपर्ने आवश्यकता औंल्याए । १० वटा प्राइभेट इक्वीटी फण्ड र भेन्चर क्यापिटललाई संभवत: भदौभित्रै स्वीकृति दिइने उनले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ९.६२ अंकले घट्यो

२०८२ बैशाख २२ गते, सोमबार

जीवन बीमा बढ्दै

२०८२ बैशाख २२ गते, सोमबार

नेप्से ३.४४ अंकले घट्यो

२०८२ बैशाख २१ गते, आईतवार