साउनमा ७६ करोडभन्दा बढीको ल्यापटप र नोटबुक भित्रियो !

२०७९ भाद्र १० गते, शुक्रबार


काठमाडौँ। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा उक्त मूल्य बराबरको ल्यापटप र नोटबुक नेपालमा भित्रिएको छ । भन्सार विभागका अनुसार गत साउन महिनामा नेपालमा ७६ करोड ३६ लाख ६९ हजार रुपैयाँको ल्यापटप र नोटबुक भित्रिएको छ। सो मूल्यमा १२ हजार ६४५ थान ल्यापटप र नोटबुक नेपालले आयात गरेको विभागले जनाएको छ। नेपालमा सबैभन्दा बढी मूल्यको ल्यापटप र नोटबुक चीनबाट आउने गरेको छ। गत महिना मात्र चीनबाट नेपालले ७४ करोड ४९ लाख ७६ हजार रुपैयाँको ल्यापटप र नोटबुक आयात गरेको छ।
चीन बाहेक नेपालमा अष्ट्रेलिया, भारत, जापान, दक्षिण कोरिया, कुवेत, लिथुवानिया, मलेसिया, नर्वे, पोल्याण्ड, सिंगापुर, युएई, बेलायत, अमेरिका र नामिबियाबाट ल्यापटप र नोटबुक आउने गरेको छ।
गत आर्थिक वर्ष २०७८/७९ को साउन महिनामा नेपालले विभिन्न देशबाट १ अर्ब ४७ करोड ४ लाख २८ हजार रुपैयाँको ल्यापटप र नोटबुक आयात गरेको थियो।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ९.६२ अंकले घट्यो

२०८२ बैशाख २२ गते, सोमबार

जीवन बीमा बढ्दै

२०८२ बैशाख २२ गते, सोमबार

नेप्से ३.४४ अंकले घट्यो

२०८२ बैशाख २१ गते, आईतवार