पेट्रोलियम पर्दाथको मूल्य पुन: वृद्धि

२०७९ भाद्र १७ गते, शुक्रबार

काठमाडौं । नेपाल आयल निगमले गए राति १२ बजेदेखि लागु हुनेगरी डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढाएको छ । निगमले जारी गरेको नयाँ मूल्य अनुसार अब डिजेल र मट्टीतेल प्रतिलिटर समान १७८ रुपैयाँ पुगेको छ । अर्कोतिर, पेट्रोल, हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने हाललाई यथावत राखिएको छ ।
भारतको इण्डियन आयल कर्पोरेसन (आइओसी) ले बिहीबार नै पेट्रोलमा प्रति लिटर १ रुपैयाँ ३९ पैसा, डिजलमा प्रति लिटर ६ रुपैयाँ १२ पैसा र हवाई इन्धनमा ८ रुपैयाँ १ पैसा वृद्धि गरेर पठाएको थियो । आइओसीले मट्टितेल र एलपी ग्यासको भाउ भने घटाएर पठाएको थियो ।
निगमले आफू अहिले पनि घाटमा भएको भन्दै भारतबाट मूल्य बढेर आउनेबित्तिकै मूल्य बढाउने तर मूल्य घटेर आउँदा यथावत राख्ने गरेको छ । चाडपर्वको मुखमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा उपभोक्ताहरु थप मारमा पर्ने देखिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ९.६२ अंकले घट्यो

२०८२ बैशाख २२ गते, सोमबार

जीवन बीमा बढ्दै

२०८२ बैशाख २२ गते, सोमबार

नेप्से ३.४४ अंकले घट्यो

२०८२ बैशाख २१ गते, आईतवार