नेपाली मुद्रा झन् कमजोर !

२०७९ आश्विन ११ गते, मंगलवार


काठमाडौं । नेपाली रुपैयाँ झन् कमजोर भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विनिमय दरअनुसार मंगलबारका लागि एक अमेरिकी डलरबराबर १३० रुपैयाँ ९० पैसा रहेको छ ।

शुक्रबार एक अमेरिकी डलर बराबर १२९ रुपैयाँ ६८ पैसा थियो भने शनिबार, आइतबार र सोमबार १ डलरको १२९ रुपैयाँ ८९ पैसा थियो ।

नेपालले भारतीय मुद्रासँग नेपाली मुद्राको विनिमय दर स्थिर राखेको छ । त्यसैकारण भारतीय मुद्रा कमजोर भएका कारण कारण नेपाली रुपैयाँमा पनि कमजोर भएको हो ।

यसअघि ५ साउनमा एक अमेरिकी डलरको विनिमय दर १२८.२९ पुगेको थियो । त्यसपछि विस्तारै घट्न थालेको अमेरिकी डलरको भाउ १ सय २६ रुपैयाँसम्म झरेको थियो । -कारोबार दैनिक

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ३.४४ अंकले घट्यो

२०८२ बैशाख २१ गते, आईतवार

मिटरब्याज पीडितको भेला सम्पन्न

२०८२ बैशाख १९ गते, शुक्रबार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

२०८२ बैशाख १८ गते, बिहीबार