अमेरिकी डलरको मूल्य घट्यो

काठमाडौं । लगातार उकालो लागिरहेको अमेरिकी डलरको मूल्य आज (साेमबार) एक रुपैंयाले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार नेपाली बजारमा साेमबार एक अमेरिकी डलरको खरिद दर १३१ रुपैंया ४२ पैसा तोकिएको हाे । हिजो १३२ रुपैंया ४२ पैसामा डलरको कारोबार भएको थियो । साेमबार एक युरोको खरिद दर १२८ रुपैंया ४ पैसा छ भने बेलायती पाउन्ड स्टर्लिङको खरिद दर १४५ रुपैंया ६९ पैसा तोकिएको छ ।
पछिल्लो समय डलरको भाउ लगातार बढ्दा नेपाली मुद्रा थप कमजोर बन्न पुगेको छ । नेपालमा डलरभित्रने कम र बाहिरिने बढी हुँदा अर्थतन्त्रमा असर पर्ने भएको हो । विप्रेषण आप्रवाहमा सकारात्मक प्रभाव पर्ने भए पनि अन्य क्षेत्रमा भने नकारात्मक असर पर्ने भएकाे छ । मूल्य वृद्धिका अलावा, विदेशी परामर्शदार्तालाई दिनुपर्ने भुक्तानी, राज्यले विदेशी दातृ निकायलाई तिर्नुपर्ने ऋणको सावा तथा ब्याजको भुक्तानीमा डलरको मूल्यले प्रत्यक्ष असर पर्दछ ।