नबिलको फोनलोन : अब बिना धितो रु. २ लाख सम्म कर्जा

२०७९ कार्तिक ४ गते, शुक्रबार


काठमाडौं । नबिल बैंकले नबिल फोनलोन (Foneloan) को न्यूनतम सीमा र आफ्नो डिजीटल फाइनान्सिङ प्रडक्टको दायरा बढाएको छ। यसअघि नबिल फोनलोन (Foneloan) को सीमा रु. १ लाख रहेकोमा त्यसलाई बढाएर अब रु. २ लाख पुर्याइएको छ। यसका अतिरिक्त यस्तो लोन लिनका लागि योग्य समूहको दायरा पनि केही बढाइएको छ।

नबिल बैंक, फोनलोन (Foneloan) को अवधारणा कार्यान्वयनमा ल्याउने देशकै पहिलो बैंक हो। अब नबिल बैंकमा नियमित बचत खाता सञ्चालन गर्ने ग्राहक तथा नबिल बैंकसँग आबद्ध क्यूआर मर्चेन्टहरु पनि फोनलोन (Foneloan) का लागि योग्य हुनेछन्। यसअघि भने नबिल बैंकमा तलब खाता भएकाहरुले मात्र यस्तो लोनको सुविधा पाइरहेका थिए।

यस्तै, नबिल बैंकले फोनलोनका अफरहरुलाई पनि अपग्रेड गरेको छ। अब यस्तो लोनका लागि योग्य ग्राहकहरुले नबिल स्मार्ट बैंक एपको स्क्रिनमा फोनलोन (Foneloan) को आइकन देख्नेछन्। बैंकले ग्राहकहरुको सुविधाका लागि ‘…Buy Now Pay Later’ को सुविधा तथा लोनबापत लिएको रकम चुक्ता गर्न इएमआईको सुविधा समेत उपलब्ध हुने भएको छ।

ग्राहकहरूले खरिद गर्दा कुनै पनि फोन पे मर्चेन्ट क्यूआर कोडहरू स्क्यान गर्न सक्छन् र आफ्नो खरिदको मासिक किस्तामा भुक्तानी गर्न चेकआउटको बेला ‘Buy Now Pay Later’ को विकल्प रोज्न सक्छन्।

आफ्ना फोनलोन बक्यौता चाँडै तिर्न खोज्ने ग्राहकहरूले आफ्नो फोनलोन सिधै आफ्नो एपबाट प्रिपे गर्ने विकल्प पनि उपलब्ध हुनेछ। यस अन्तर्गत नबिल बैंकले कुनै पूर्वभुक्तानी शुल्क नलिई ग्राहकहरूको खातामा पर्याप्त रकम भएमा ऋणको तत्काल निकासी गर्न अनुमति दिन्छ।

‘नेपालमा बैंकिङ अझै पनि विकासको प्रक्रियामा छ, तर अहिले मुख्यतया कानूनी र नियामक व्यवस्थाका कारण र एनपीए व्यवस्थापनमा सहजताका कारण धितोमा आधारित ऋणमा केन्द्रित छ,’ नबिल बैंकका एसएमई एण्ड माइक्रोफाइनान्स प्रमुख निरज बस्नेत (डनिल)ले बताए। ‘हालैका दिनहरूमा हाम्रो जोखिमबहन क्षमता बढ्दै गए पनि, हामीले धितोमा आधारित लोन (collateral-based loans) बाट व्यवहार र नगद प्रवाहमा आधारित क्रेडिट (behavioral and cash flow-based credit) मा सर्न आवश्यक छ। यही उद्देश्य प्राप्तिमा फोनलोनको स्वचालित क्रेडिट अन्डरराइटिङ र ऋण व्यवस्थापन पहिलो चरण हो,’ उनले थपे। ‘हामी यो प्रडक्टको प्रभावकारिता, साथै ग्राहकको मागप्रति पनि विश्वस्त छौ, यहीकारण पनि नबिलले फोनलोनको सीमा र योग्य समूहको दायरा बढाएको हो,’ उनले प्रष्ट पारे।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

फेरि बढ्यो अमेरिकी डलरको भाउ

२०८१ माघ २९ गते, मंगलवार

चेक बाउन्समा ४ वर्षसम्म कैद !

२०८१ माघ २८ गते, सोमबार

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

२०८१ माघ २४ गते, बिहीबार